mero sathi tv

‘शत्रुगते’को तीन दिनको व्यापार ३ करोड २७ लाख

प्रदर्शन भएको दिनदेखि नै आक्रामक व्यापार गर्न सफल चलचित्र शत्रुगतेको तीन दिनको कलेक्सन सार्वजनिक भएको छ। जसअनुसार चलचित्रले तीन दिनमा ३ करोड २७ लाखको व्यापार गरेको छ।

प्रदर्शन भएको पहिलो दिन ७२ लाख, दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाखको कारोबार भएको वितरक गोपाल कायस्थले जानकारी दिए। दोस्रो दिन शनिबार परेकोले पनि त्यस दिन चलचित्रको व्यापार उच्च रह्यो।

चलचित्र मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको हो। प्रदिप भट्टराईको निर्देशन रहेको यस चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ।

यस्तै दिपकराज गिरीको पटकथा रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.