mero sathi tv

प्रिया प्रकाशपछि यी अभिनेत्रीको बहिनी सामाजिक सञ्जालमा भाईरल बन्दै

एक्ट्रेस प्रिया प्रकाश वाँरीयारपछि पछिल्लो केही दिन यता इन्टरनेटमा अर्की एक्ट्रेस नेहा शर्माको बहिनी आयशा शर्मा छाएकी छन् । अहिले उनको तस्वीर लगातार सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

त्यसोत, समाचारमा आएअनुसार यो वर्ष बलिउडको ठुलो पर्दामा नयाँ अनुहार देखिने भएको छ । सैफ अली खानको छारी सारा अली खान, बोनी कपुरको छोरी जाह्वनवी कपुर र शाहिद कपुरको भाई ईशान खट्टको साथ अब अभिनेत्री नेहा शर्माकी बहिनी आयशा शर्माको नाम पनि यो सुचिमा सामेल भईसकेको छ । तर मिडियामा आएको चर्चा अनुसार आयशा शर्माको फिल्म अर्को वर्षमात्र रिलिजमा आउने छ ।

ऋायशा शर्मा आफ्नो दिदी जस्तै सुन्दरी छन् । आयशा अभिनेत्री नेहा शर्माको बहिनी हुन् । मिडियामा आएको चर्चा अनुसार आयशा अर्को वर्ष अभिनेता जोन अब्राहमका साथमा फिल्म ‘एसएमजे’ मा देखिदै छन् । मिलाप जवेरीद्वारा लिखित यसै फिल्म ‘एसएमजे’बाट आयशाले बलिउडमा डेव्यु गर्दै छन् ।

यो फिल्मको निर्माण टिम भुषण कुमारको टी, सीरीज र निखिन अडवाणीको एम्मे इन्टरटेन्मेन्ट रहेका छन् । यो फिल्मलाई मिलाप झावेरीले गर्दैछन् । यो फिल्म एक एक्शन थ्रिलर हुनेछ जसमा जोन अब्राहम र मनोज वाजपेयी लिड रोलमा रहेनेछन् ।

यो फिल्म २०१९ मा रिलिजमा आउन सक्नेछ । आयशा आफ्नो पहिलो यो फिल्मलाई लिएर निकै उत्साहित छन् । यसै फिल्मलाई लिएर आयशाले भनेकी छन्, ‘म डेब्युको लागि यो भन्दा अरु राम्रो फिल्मको बारेमा सोच्न सक्दिन । फिल्ममा मैले अभिनेता जोन अब्राहम र मनोज वाजपेयीको साथमा काम गर्दैछु, त्यसैले यो मेरो लागि चुनौती रहेको छ । मलाई लाग्छ फिल्ममा मेरो भुमिकालाई न्याय दिनसक्छु ।’

आयशाले साउथ फिल्महरुमा भने काम गरिसकेकी छन्, तर बलिउडमा भने यो पहिलो फिल्म हुनेछ । यो भन्दा पहिले आयशाको नाम बरुण धवणको फिल्म ‘जुडवा २’को भुमिकाको बारेमा पनि कुरा भएको थियो तर काम गर्न सकेकी थिईनन् ।

त्यस्तै आयशाको नाम अर्जुन कपुरको फिल्म ‘नमस्ते इङ्गल्याण्ड’को लागि पनि चर्चामा आएको थियो ।

आयशा सोसm मिडियामा निकै एक्टिभ रहन्छिन् । उनी आफ्नो इन्टाग्राममा आफ्नो तस्वीरहरु सेयर गर्दै आएकी छन् । उनी सोसल मिडियामा सेयर गरेकी आफ्नो तस्वीरकै कारण चर्चामा आउँछन् ।

Leave A Reply

Your email address will not be published.