mero sathi tv

गीत चोरीको आरोपमा अनमोल स्टारर् ‘कृ’का निर्माता सुवास गिरी पक्राउ

फिल्म ‘कृ’का निर्माता सुवास गिरी पक्राउ परेका छन् । गीत चोरीको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार गिरीलाई पक्राउ गरेको हो ।

 

भुवन केसी अभिनित नेपाली पुरानो फिल्म ‘सम्झना’का निर्माता शम्भु प्रधानको जाहेरी दिएपछि गिरी पक्राउ परेका हुन् । ‘सम्झना फिल्म’को ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि..’ बोलको गीत चोरेको आरोपमा प्रधानले गत महिना उजुरी गरेका थिए ।

डिएसपी मोहन थापाका अनुसार निर्माता गिरी विरुद्ध प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको बताए । प्रधानले भुवन केसीविरुद्ध समेत जाहेरी दिएका थिए । तर, कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो ।

प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ। साथै मागअनुसार क्षतिपूर्ति र जरिवाना पनि हुनसक्छ

Leave A Reply

Your email address will not be published.