mero sathi tv

​खुट्टा गन्हाउँने समस्याबाट बच्ने घरेलु उपाय

लामो समयसम्म जुत्ता तथा मोजा लगाउँदा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । केही मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई बेवास्ता गर्छन् ।
खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफुमात्र होइन आफ्नो  छेउमा बस्ने मानिस अझै बढि पीडित बन्दछन् । त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनका लागि निम्नानुसारका घरेलु उपाय अपनाउन सकिन्छ ः
१. अदुवाको रसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् ।
२. सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यसो गर्दाप्नि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
३. मनतातो पानीमा नुन घोलेर खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकालेर चिसो पानीले मज्जाले पखाल्नुहोस् ।
४. मनतातो पानीमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।
५. अलिकति  मकैको पिठो जुत्ताभित्र हाल्नुहोस् यसले खुट्टाबाट निस्किने पसिना सोस्छ र खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ

Leave A Reply

Your email address will not be published.