mero sathi tv

राष्ट्रपतिको स्वागतमा सिंगारिएको संघीय संसद भवन (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन्।

बानेश्वरस्थित संघीय संसद भवनलाई दुलही झै सिंगारिएको छ। उनको स्वागतको लागि ‘रेड कार्पेट’ बिच्छाइएको छ।

केहीबेरमा बानेश्वरस्थित संसद भवनमा दुबै सदनको संयुक्त बैठक बस्दै छ।

नेपालको संविधानमा राष्ट्रपतिले संघीय संसदका दुबै सदनको बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वर्षका लागि संसदलाई सम्बोधन गर्ने छिन्। संविधानमा राष्ट्रपतिले प्रतिनिधि सभाको पहिलो अधिवेशन प्रारम्भ भएपछि सम्बोधन गर्ने व्यवस्था छ।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेकी हुन्।

Leave A Reply

Your email address will not be published.