mero sathi tv

यस्ता छन् भेण्डी खानुका आश्चर्यजनक फाइदा (भिडियो)

हामीले हाम्रो शरीरमा चाहिने तत्वहरुको मात्रा पूरा गर्नको लागि विभिन्न औषधीको उपयोग गर्ने गर्छौं। तर, हाम्रो भान्सामा भएका, हाम्रो करेसामा फल्ने, खेतबारीमा फल्ने उत्पादनहरुलाई मिलाएर खाने गर्यौं भने ती तरकारी तथा फलफूलजन्य वस्तुहरुमा नै हाम्रो शरीरलाई आवश्यक हुने आवश्यक तत्व पाउन  सकिन्छ।

भेण्डी पनि हाम्रो शरीरलाई त्यस्ता तत्वहरु प्रदान गर्ने गुणवान तरकारी हो। भेण्डीमा आइरन, प्रोटिन, भिटामिन ए, सी र डि कम्प्लेक्स, पोटासियम आयोडिन हुन्छ।

भेण्डीलाई काटेर खाली पानिमा उमाल्ने, त्यसपछि त्यसमा मरिच, जिर र नुन राखेर दिनको एक पटक पिउने गर्नुहोस्। यसले पेट सफा हुन्छ।

राती सुत्नुभन्दा अगाडी भेण्डीलाई बीचबाट काटेर पानीमा भिजाउने र बिहान खाली पेटमा त्यो पानी पिउने गर्नाले चिनी रोगलाई नियन्त्रण गर्न सकिन्छ।

काँचो भेण्डीमा अत्यधिक मात्रामा भिटामिन सी हुने हुँदा, यसको अचार बनाएर खाँदा पनि शरीरमा भिटामिन सीको मात्रा बढ्छ।

भेण्डीमा धनियाँ पाउडर र नुन मात्र राखेर भुटेर खानाले पिसाब पोल्ने समस्याबाट मुक्त हुन सकिन्छ।

थप जानकारीको लागि हेर्नुहोस् भिडियो  …

 

 

Leave A Reply

Your email address will not be published.