mero sathi tv

२०७४ का चकलेटी यी पाँच अभिनेता-को हिट को फ्लप ?

नेपाली फिल्म इन्डष्ट्रिले पनि धेरै फड्को मारीसकेको छ भने नेपाली फिल्मलाई बलिउड र हलिउड फिल्महरुसँग पनि तुलना गर्न थालिएको छ । अबको केही दिनपछि हामीले नेपाली नयाँ वर्ष २०७५ लाई स्वागत गर्दै छौं भने २०७४ लाई बिदाई गर्दैछौं ।

आज हामीले पछिल्लो समय नेपाली फिल्म उद्योगमा सक्रिय चकलेटी अभिनेताहरुको बारेमा केही जानकारी गराउँदै छौं । नेपाली फिल्म उद्योगका धेरै चर्चित अभिनेताहरु छन् । जस मध्येमा हामीले यो वर्ष रिलिज भएका फिल्महरुको केही चकलेटी अभिनेताहरुको बारेमा समाचार बनाउँदै छौं ।

हामीले यो वर्ष रिलिजमा आएका फिल्महरु ‘कृ’, ‘प्रेम गीत २’, ‘जोनी जेन्टल म्यान’, ‘ए मेरो हजुर २’ र ‘कारखाना’ फिल्मका अभिनेताहरुको बारेमा कुरा गर्दैछौँ । हामीले यो वर्षका हट फिल्महरुको बारेमा पहिल्यै समाचार बनाएर तपाईहरु समक्ष प्रस्तुत गरिसकेका पनि छौँ ।

यो वर्ष रिलिजमा आएको फिल्म ‘प्रेमगीत २’का अभिनेता प्रदिप खड्काले नेपाली फिल्म उद्योगमा आफ्नै भेग्लै पहिचान बनाईसकेका छन् । उनी फिल्म सन्तोष सेनको फिल्म ‘प्रमगीत’बाट चर्चामा आएका अभिनेता हुन् । यसै फिल्मको सिक्वेल फिल्म ‘प्रेमगीत २’ मा पनि प्रदिपले दर्शकहरुको मन जित्न सफल भएका छन् । त्यसैली उनी यो वर्षको सफल चकलेटी अभिनेताको रुपमा पर्न सफल बनेका छन् ।

यो फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको थियो, भने अभिनेता प्रदिपलाई पनि अझ चर्चामा पु¥यायो । अहिले उनी रिलिजमा आउन लागेको मिलन चाम्सको फिल्म ‘लिलिबिली’ को प्रोमोशनमा ब्यस्त छन् ।

यो फिल्ममा उनले नव नायिका जसिता गुरुङसँग अनस्क्रीन रोमान्स गर्नेछन् ।

यो वर्षको अर्को चकलेटी अभिनेता हुन् सुशिल श्रेष्ठ । सुशिल अभिनित फिल्म ‘कारखाना’ र ‘सायद २’ खासै चर्चामा आउन नसकेपनि उनको चर्चा निकै भयो । यो वर्ष सुशिल श्रेष्ठ अभिनित फिल्महरु फ्लप बनेपनि उनको चर्चा अन्य चकलेटी अभिनेताहरुको भन्दा कम भएन । त्यसैले यो वर्ष सुशिलको फिल्म फ्लप बनेपनि उनी दर्शकमाझ सफल बने ।

यो वर्षको अर्को चकलेटी अभिनेता हुन् सलिन मान बानिया । सलिन मान बानियाले अभिनेत्री झरना थापाको फिल्म ‘ए मेरो हजुर २’बाट आफ्नो फिल्मी करियर सुरु गरेका हुन् । यो वर्ष सलिन मान अभिनित फिल्म जस्तै उनको पनि चर्चा भयो । चकलेटी अनुहार र आफ्नो अभिनयका कारण उनी डेब्यु फिल्मबाटै निकै चर्चामा पुगे ।

सलिन मान बानिया अभिनित फिल्म ‘ए मेरो हजुर २’ले बक्स अफसमा पनि राम्रो कलेक्शन गरेको थियो । त्यसैले यो वर्षको सफल चकलेटी अभिनेताको सुचिमा सलिन मान बानिया पनि परेका छन् ।

बिकास राज आचार्यको फिल्म ‘नाई नभन्नु ल ४’ फिल्मबाट डेव्यु गरेका अभिनेता पल शाह पनि एक सफल चकलेटी अभिनेता हुन् । यो वर्ष पल शाह अभिनित तीन वटा फिल्महरु ‘जोनी जेन्टल म्यान, ‘म यस्तो गीत गाउँछु’ र प्रदर्शनरत ‘सत्रुगते’ रिलिजमा आए ।

पल शाह अभिनित फिल्म जोनी जेन्टल म्यानले चर्चामा आएनअुसार बक्स असफसमा खासै चर्चा कमाउन सकेन । तर ‘म यस्तो गीत गाउँछु’ फिल्मले पलको चर्चा झनै बढाएको छ । यो फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । र अहिले प्रदर्शनरत फिल्म ‘सत्रु गते’ पनि पलले अभिनय गरेका छन् । यो फिल्मले बक्स अफिसमा राम्रो गरिरहेको छ ।

यो वर्ष पल शाह आफ्नो फिल्म र अभिनेत्री आँचल शर्मा सँगको सम्बन्धले मिडियामा निकै ठाउँ पाएको थियो । त्यसैले अभिनेता पल शाह पनि यो वर्षको सफल चकलेटी अभिनेता हुन् ।

यो वर्षको सफल अर्को चकलेटी अभिनेता हुन् अनमोल केसी । अनमोल केसीको बारेमा तपाई सबैलाई थाहा भएकै कुरा हो, अनमोल अभिनित फिल्म कुनै पनि फ्लप भएको छैन ।

यो वर्ष अनमाले अभिनित फिल्म ‘कृ’ रिलिजमा आएको थियो । यो फिल्मले बक्स अफिसमा पनि राम्रो कलेक्शन गरेको बताईएको छ । अनमोलले थोरै फिल्म गरेपनि उनको चर्चा ब्यापक हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.