mero sathi tv

बिहे नगर्दै आमा बन्दै प्रियंका कार्की

हाँस्यकलाकारहरुको निर्माणमा बनेको चलचित्र ‘छक्का पन्जा २’मा अभिनेत्री स्वस्तिमा खड्का अर्की अभिनेत्री प्रियंका कार्कीको छोरीको भुमिकामा देखिईन् । अब सोही भुमिकामा उनीहरु अर्को चलचित्रमा पनि देखिने भएका छन् ।

बिकासराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘नाई नभन्नु ल’को पाँचौ सिरिजमा प्रियंका कार्की अभिनेत्री स्वस्तिमा खड्काको आमाको भुमिकामा देखिन लागेकी हुन् । भदौ ७ गते प्रदर्शन मिती घोषणा गरिसकेको चलचित्रको सुटिङ चैतको दोश्रो साताबाट हुने निर्देशक बिकासराज आचार्यले बताए ।

चलचित्रको प्रदर्शन मितिसँगै चलचित्रको कलाकारहरु पनि लगभग पक्का भईसकेका छन् । चलचित्रमा प्रियंका र स्वस्तिमाको साथमा दिलिप रायामाझी, अभिषेक लामा, जयानन्द लामा, उत्तम केसी, बालकलाकारहरु अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भुमिका रहनेछ । साथै चलचित्रमा एक नायक र नायिकाको खोजीकार्य जारी रहेको समेत निर्देशक आाचार्य बताउँछन् ।

बसन्त सापकोटाको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादन रहनेछ । चलचित्रमा सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद छ ।

Leave A Reply

Your email address will not be published.