mero sathi tv

आँचल र आकाशको जोडी कतिको सुहाएको छ त?

चलचित्र ‘ब्ल्याक’ मा समाबेश दोश्रो गीत सार्वजनिक भएको छ । राजाधानिमा आइतवार आयोजित अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचरिङ ‘पल पल हरपल’ बोलको गीत सार्वजनिक भएको हो ।

उक्त गीतको मुस्ताङमा छायांकन गरिएको हो, जसलाई कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् । सुगम पोखरेलको स्वर रहेको गीतमा डा.कृष्णहरी बरालको शब्द र महेश खड्काको आकर्षक संगीत सुन्न सकिन्छ ।

आइतवार राजधानीमा आयोजित गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री आँचलले सुगम पोखरेलको गीतमा आफ्नो अभिनय ढाल्ने इच्छा ‘ब्ल्याक’ बाट पूरा भएकोमा व्यक्त गरिन् । उता आकाश गीतको भिडियो हेरेर खुसी भएको बताए । निर्देशक प्रदिप श्रेष्ठको निर्देशनमा चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।

निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

चलचित्रमा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजालको प्रमुख भूमिकामा छन् । ‘ब्ल्याक’ को रिलिज डेट वर्ष २०७५ को जेठ ११ गतेलाई तय गरिएको छ ।

Leave A Reply

Your email address will not be published.