mero sathi tv

निर्मातालाई थाहै नभइ ‘कृ’को पुरानो गीत बेपत्ता भएर नयाँ गीत आयो

। चलचित्र ‘कृ’को यतिबेला निकै चर्चा चुलिएको छ । चलचित्र रिलीज भएको धेरै समय बितिसक्यो तर यसको चर्चा सेलाउनुको सट्टा झनै बढ्दो छ । यति धेरै चर्चा चल्नुको कारण चलचित्र नभइ यसको गीत हो । जुन गीतले निकै विवाद निम्त्याएको थियो ।

गीतले यतिसम्म विवाद ल्यायो कि चलचित्रका निर्माता सुवास गिरीले जेलको हावा खानुपर्यो । उनलाई गीत चोरीको अभियोगमा प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको थियो । हिरासतबाट निस्कनासाथ उनले राजधानीमा पत्रकार सम्मेलन गरेर आफूमाथि अन्याय भएको बताएका थिए । सम्झना चलचित्रका निर्माण शम्भु प्रधानले प्रहरीसँग मिलेर आफूलाई बिना कारण पक्राउ गराएको र जबरजस्ती ११ लाख रुपैयाँ तिराएको आरोप लगाएका थिए । उनले आफूलाई प्रहरीको आडमा प्रधानले ३ वटा सर्त मान्न बाध्य पारेको समेत बताएका थिए ।

Leave A Reply

Your email address will not be published.