mero sathi tv

मुला खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु यस्ता छन्

मुला हामी तरकारी वा अचार बनाउनको लागि प्रयोग गर्छौं । मुलाको अचार धेरै मानिसहरुले मन पराउने गर्छन् । यो जमिन मुनि फल्ने एक प्रकारको तरकारी हो । मुला स्वास्थ्यको लागि निकै फाइदाजनक छ । त्यसैले पनि मानिसहरु यसलाई बडी रुचाउने गर्छन् । मुला खानाले हामीलाई के के फाइदा पुग्छ भन्ने कुराहरु हामीलाई थाहा नहुन सक्छ ।

मुला खानाले हामीलाई पुग्ने फाइदाहरु यस प्रकार छन् :

१) यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

२) रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ ।

३) वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ । मूलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ । १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ । त्यसैले मूला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन ।

४) दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ । मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ ।

५) मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

६) मूलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ ।

७) दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मूलाको सेवन उपयोगी हुन्छ ।

८) मूलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ ।

९) गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मूलाको सेवन निकै फाइदाजनक हुन्छ । मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ । जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ ।

Leave A Reply

Your email address will not be published.