mero sathi tv

दिबंगत नेता खड्काको अन्तिम संस्कारका क्रममा आर्यघाटमा जे देखियो (फोटोफिचर)

कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । खड्कालाई सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । खड्का पूर्वगृहमन्त्री भएकाले उनलाई सशस्त्रले सलामी दिएको हो । श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेस नेताहरु, अन्य दलका नेताहरु तथा शूभचिन्तकहरु आर्यघाट पुगे ।

 

नेता खड्कालाई छोरा अनुरागले दागबत्ती दिए । अनुराग बेलायतबाट आउँदा भारतबाट फ्लाइट छुटेपछि आउन ढिला गरेका थिए । उनी आउन ढिलाई गर्दा पार्टी कार्यालयमा दिइएने श्रद्धाञ्जलीको कार्यक्रम फेरबदल गर्नु परेको थियो ।

यसअघि, कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथां पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारमै रहँदा निधन भएको थियो । तस्विरःलक्ष्मी श्रेष्ठ/ रातोपाटी

Leave A Reply

Your email address will not be published.