mero sathi tv

शिव परियारको ‘मात नलाग्ने’मा प्रिंयकाको हट अवतार (भिडियो)

चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोता सामु नया गीत लिएर आएका छन्। नेपाली सांगीतिक आकाशमा कयौं हिट गीत दिएका परियारले ‘मात नलाग्ने’’बोलको गीतका भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

शिवको एघारौ एल्बम शिवालयमा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ। गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ।गीतको  कोरियोग्राफर राजिव समरले गरेका हुन्।

यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र “हल्ला हल्ला मै माया” जसत हिट बजारमा आइसकेका छन्। मेरो अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए।

म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ। उत्तम हुमागाईंको छायांकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.