mero sathi tv

असल जीवनसाथी खोज्न चिना हैन औंलाको संकेत नै काफी

यदि तपाई पनि विवाह योग्य उमेरको हुनुहुन्छ र आफ्नो लागि उपयुक्त महिला साथी खोजीरहनु भएको छ भने तपाईको लागि यो उपाय धेरै नै फाइदाजनक सावित हुनसक्छ । तपाई चिनो मिलाउने झन्झटबाट टाढा रहन चाहनुहुन्छ भने ज्योतिषका अनुसार महिलाका औंलाहरुले तपाईको खोजीलाई चिनाले भन्दा धेरै सहायता गर्ने बताउँछन् ।

जो महिलाको औंला चम्किलो, गाँठो रहित हुन्छ त्यस्ता महिलाहरु तपाईका लागि  एकदमै शाैभाग्यशाली सावित हुन्छन् ।

यदि तपाईले जीवनसाथीको रुपमा हेर्नु भएको महिलाका औंलाहरु छोटा छन् भने त्यस्ता महिलाहरु धेरै खर्चिलो हुन्छन् र उनीहरुसँगको तपाईको भविष्य सधै अभाव र समस्यामा गुज्रिने ज्योतिष बताउँछन् ।

लामो, गोलो औंला भएका महिलाहरु वैवाहिक जीवनका लागि असल मानिन्छन् ।

औंलामा तीन पर्व भएका महिलाहरु एकदमै भाग्यशाली हुन्छन् । त्यस्ता महिलाहरुसँग भविष्य सुन्दर हुन्छ ।

जुन महिलासँग हात बाँध्दा औंलाहरुको बीचमा खाली ठाउँ देखिन्छ त्यस्ता महिलाहरुबाट वैवाहिक जीवनमा सुखशान्ति पाइनेज्योतिषहरु मान्छन् ।

‍औंलाका पछाडी रौं हुने महिलाहरुसँगको वैवाहिक सम्बन्धबाट जीवनमा धेरै समस्याहरु आउने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.