mero sathi tv

सार्वजनिक यातायातमा गीत घन्काए पैसा तिर्नुपर्ने

सार्वजनिक यातायातहरुमा ठूलो आवाजमा गीत घन्काएको हामी प्रायः सुन्छौं । कति यात्रुहरुले त गीत बजाएकोमा अशान्ति महशुस गरेका पनि हुन्छन् । तर दैनिककीको काम, गाडीमा काम गर्ने चालक र सहचालकहरुलाई समय विताउन तथा यात्रुहरुको मनोरञ्जनका लागि गीत बजाउने गर्छन् ।
यसअघि पेनड्राइममा गीत भरेर जति मन लाग्यो गीत बजाउन पाइन्थ्यो सवारी साधनहरुमा । तर अब भने गीत बजाएवापत निश्चित रकम रोयल्टी तिर्नु पर्ने भएको छ ।

यातायात व्यवस्था विभागले आज पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । सोमबारबाट लागु हुने गरी देशभरका सवारी साधनहरुमा गीत बजाएवापत रोयल्टी तिर्नु पर्ने भएको छ । सवारीमा एफएम, क्यासेट प्लेयर जुनसुकै माध्यमबाट गीत बजाउँदा पनि रोयल्टी तिर्नुपर्ने हुन्छ ।

कसैले आफ्नो सवारी साधनमा गीत नबजाए उसले रोयल्टी तिर्नु पर्दैन। यदि गीतको रोयल्टी नतिरेर बजाएको पाइएमा प्रतिलिपी ऐन बमोजिम दुर्इ लाख रुपैयाँसम्मको तिर्नुपर्ने हुन्छ। यो निजी सवारी साधनहरुमा भने लागु हुँदैन ।

विकसित देशहरुमा यस्तो व्यवस्था १ सय बर्षभन्दा पहिलेदेखि नै लागु भएको भन्दै विभागले नेपालमा भने पहिलो पटक यस्तो नियम लागु गर्न लागिएको बताएको छ ।

यातायात कार्यालयमा सवारी साधनको रुट इजाजत, नवीकरण गर्न रोयल्टी बुझाउन सकिन्छ ।

जसमा ६ पाङग्रे ठूलो सवारी साधनले बार्षिक रुपमा दुर्इ हजार रुपैयाँ बुझाउनुपर्नेछ भने ३ पाङग्रे ट्याम्पोले ८ सय रुपैयाँ, ट्याक्सी, माइक्रो, जीपले एक हजार रुपैयाँ, चार पाङग्रे मझौला मिनी बसले १४ सय रुपैयाँ, ट्रक, ट्याङकरले बार्षिक १२ सय रुपैया, मिनिट्रकले १ हजार रुपैयाँ, पिक अपले ९ सय रुपैयाँ तिर्नु पर्नेछ ।

Leave A Reply

Your email address will not be published.