mero sathi tv

पललाई नै श्रीमान बनाउन चाहान्छिन् आँचल

नायिका आँचल शर्माको अभिनय रहेको चलचित्र ‘शत्रु गते’ यतिबेला हलहरुमा लागिरहेको छ । दोश्रो सातामा प्रदर्शनमा आएको चलचित्रलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । यसका साथमा आँचलको अर्को चलचित्र ‘ब्ल्याक’को गीत पनि आईतबार रिलिज भएको छ । एक बर्ष पहिला नै छायांकन गरिएको गीत ‘पल पलमा’ बोलको गीतलाई सुगम पोखरेलले गाएका छन् ।

गीतको कार्यक्रम रिलिज कार्यक्रम पछि एक मिडियासँग कुराकानीमा आँचलले पललाई नै श्रीमान बनाउन चाहेकी छिन् । कुराकानीको शिलशिलामा नायिका आँचललाई सोधिएको थियो की ‘तपाई प्रदीप खड्का, आकाश श्रेष्ठ र पल शाह मध्ये क–कसलाई श्रीमान्, ब्वाईफ्रेन्ड र दाई बनाउन चाहानुहुन्छ ?’ प्रश्नको एकदमै सहज किसिमले जवाफ दिदैँ आँचलले श्रीमान पललाई, आकाशलाई ब्वाईफ्रेन्ड र प्रदीपलाई दाई बनाउने बताईन् ।

आँचलले पलसँग तीन वटा चलचित्रमा काम गरिसकेकी छिन्, जसमा ‘नाई नभन्नु ल ४’, ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’ चलचित्रहरु पर्छन् । आकाशसँग आँचलले चलचित्र ‘ब्ल्याक’मा काम गरेकी छिन् भने अझै पनि प्रदीपसँग काम गर्ने अवसर पाएकी छैनन् ।

Leave A Reply

Your email address will not be published.