mero sathi tv

पृथ्वीमा नै स्वर्गको टुक्रा देख्न चाहानुहुन्छ ? जान्नुहोस् स्वर्गजस्तै सुन्दर र रमणीय स्विजरल्याण्डको विकासको रहस्य

पृथ्वीमा नै स्वर्गको टुक्रा देख्न चाहानुहुन्छ ? त्यसो हो भने एक पटक स्विजरल्याण्डका यि तस्विरहरु हेर्नुहोस् । मानिसले चाहेको खण्डमा पृथ्वीमा नै चामत्कारिक विकाश गरेर देखाउन सकिन्छ भन्ने कुराको एउटा गज्जवको उदाहरण हो स्विजरल्याण्डको समृद्धि र विकाश ।

नेपाल जस्तै भूपरिवेष्ठित देश स्विजरल्याण्ड विकाशको हिसाबमा भने आकाश – जमिनको फरक छ। प्राकृतिक स्रोत(साधनलाई भरपूर उपयोग गरेर स्विजरल्याण्डले समृद्ध देशको सूचीमा आफूलाई उभ्यायाएको छ। नेपालभन्दा धेरै सानो यो देश नेपाल जस्तै हिमाल र पहाडले भरिएको देश हो । अफ्ठ्यारो ठाउँ,पहाड(हिमालमा समेत धुँवा रहित रेल र केबलकार संजालले पर्यटकहरुलाई ति ठाउँमा पुग्न सहज बनाएको र सबै प्रकारका पर्यटकहरुको लागी भ्रमण सम्भव विकाशले गराइदिएको छ ।  जहाँ जान विश्वभरका पर्यटकहरु तछाडमछाड गर्छन् । पर्यटकहरुबाट मात्रै बर्षेनी अर्बौं रुपैंयाँ आम्दानी गर्ने यो देशमा पर्छ ।

Leave A Reply

Your email address will not be published.