mero sathi tv

श्रीमतीको आयु बढाउन यसरी ब्रत बस्थे मदनकृष्ण श्रेष्ठ भिडियो रिपोर्ट)

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुबेदी श्रेष्ठको निधनसँगै स्वयं श्रेष्ठ र उनका लाखौँ फ्यानहरूभावविह्वल बेनका छन्। लामो समयदेखि क्यानसर रोगबाट पीडित यशोदाको हरिसिद्धि स्थित क्यानसर अस्पतालमा सोमबार राति निधन भएको हो। यही प्रसङ्गमा मदनकृष्ण र उनका पत्नीसँग जोडिएको आत्मकथा महको म बाट साभार गरिएको केही अंशहरू यस भिडियो मार्फत प्रस्तुत गर्दैछौँ। 

कुपन्डोलस्थित सर्वाङ्ग अस्पतालमा ६ महिना लामो किमोथेरापी सकेको एक महिनापछि यशोदा, म र मेरा सहयोगी शुक्रमान तामाङ दिल्लीको रोहिणीमार्गस्थित राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा पेट स्क्यान र कोलोस्टोमी क्लोज गर्नका लागि गयौँ । दिल्ली जानु तीनचार दिनअघि नेपाल क्यान्सर सोसाइटीका अध्यक्ष दिवाकर राजकर्णिकारलाई फोन गरेर दिल्लीमा मलाई सहयोग गर्ने कोही छ रु भनेर सोधेको थिएँ । उनले भक्तपुर क्यान्सर अस्पतालबाट दिल्लीको राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा क्यान्सरसम्बन्धी स्पेसलाइज कोर्स गर्न गएका डा. रोशन प्रजापतिको नम्बर दिए ।

मैले फोन गरेर डा. प्रजापतिलाई आफू आउन लागेकोबारे बताएँ । उनले आफू बस्दै गरेको होटेलमा एउटा कोठा बुक गरिदिएछन् । हामी त्यहाँ गएर बस्यौँ । त्यस होटेलबाट अस्पताल केही मिनेटको दूरीमा थियो । भोलिपल्ट बिहानै हामी अस्पताल पुग्यौँ । अस्पतालमा नेपाली बिरामीको भीड देखेर एकैछिन त छक्कै पर्यौँ । यता हेरे पनि नेपाली, उता हेरे पनि नेपाली । बाहिर हेरे पनि नेपाली, भित्र हेरे पनि नेपाली । एकछिन त नेपालमै छौँ कि जस्तो पनि लाग्यो । कति नेपाली क्यान्सरबाट पीडित रहेछन् ।

राजीव गान्धी अस्पतालमा ‘ए’ ब्लक, ‘बी’ ब्लक, ‘सी’ ब्लक नामका तीनओटा ठूल्ठूला भवन छन्, जसमध्ये ‘सी’ ब्लक अथार्त तेस्रो ठूलो भवन त नेपालबाट आएका बिरामीले तिरेको पैसाले मात्र निमार्ण गरिएको पनि भन्दा रहेछन् । उक्त कुरा हुन पनि सक्छ । किनकि अस्पतालमा नेपाली बिरामीको त्यत्रो घुइँचो छ ।

डा. रोशनले राजीव गान्धी अस्पतालका सर्जन डा। शिवेन्द्र सिंहसँग चिनापर्ची गराइदिए । पेट स्क्यान र अरु आवश्यक स्वास्थ्य जाँचपछि थाहा भयो, यशोदाको कलेजोमा पहिला देखिएको क्यान्सरको दाग भेटिएन । सङ्क्रमण शरीरको एक भागबाट अर्को भागमा सरिरहने हुनाले मैले डा. शिवेन्द्रलाई ‘पहिले क्यान्सर देखिएको तर अहिले नदेखिएको कलेजोको भाग काटेर फ्याँक्न हुन्छ कि हुन्न ?’ भनेर सोधेँ ।

बाकीँ अशंको लाथि भिडियो हेर्नुहोला…

 

Leave A Reply

Your email address will not be published.