mero sathi tv

टाइगर श्राफको अर्को चलचित्र बागी २ भन्दा पनि दमदार

बागी २ को अपार सफलता पछि अब टाइगर श्राफ अर्को यस्तै दमदार भूमिकामा देखिने भएका छन् ।

बलिउड निर्देशक सिद्धार्थले टाइगरलाई लिएर अंग्रेजी चलचित्र रेम्बोको हिन्दी रिमेक बजारमा ल्याउन लागेका हुन् ।

बागी २ को सफलता पछि हौसिएका निर्देशक आनन्दले टाइगरलाई लिएर र्याम्बो चलचित्रको हिन्दी भर्जनको छायाङ्न चाँडै सुरुहुने बताएका छन् ।

बागी २ चलचित्र बजारमा आउनु भन्दा पहिले नै र्याम्बोको छायाङ्कन सुरु भएको थियो तर चलचित्रमा एक्सन सिनहरु धेरै भएको कारण जनाउँदै रोकिएको थियो ।

अहिले बागी २ यो वर्षकै दमदार चलचित्र साबित भएपछि निर्देशक आनन्द र्याम्बो चलचित्रको छायाङ्कन अगाडि बढाउन हौसिएका हुन् । अंग्रेजी भाषामा निर्मित र्याम्बो चलचित्र हलिउडको एक सफल चलचित्र हो ।

Leave A Reply

Your email address will not be published.