mero sathi tv

उदयपुरमा अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद

जिल्ला प्रहरी कार्यालय उदयपुरले अहिलेसम्मकै सबै भन्दा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी साहयक निरीक्षक इन्द्र श्रेष्ठ नेतृत्वको विशेष टोलीले त्रियुगा नगरपालिका ६ लालपत्ताबाट बुधबार दिउसो २ बजे लागुऔषध बरामद गरेको हो ।

स ६ प २०७६ नम्बरको मोटसाईकलबाट त्रियुगा नगरपालिका ६ का २१ बर्षीय सन्जीव खड्का, २३ बर्षीय प्रकाश खड्का र २० बर्षीय अनिस खड्कालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ गरेका उनीहरुलाई बुधबारनै पत्रकार सम्मेलन गरी प्रहरीे सार्वजनिक गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट ३०० एम्पुल डाइजेलाब, २९८ एम्पुल फेनरागन, २९९ एम्पुल नुफिन गरी ८९७ एम्पुल र नाइट्रोभेट गेटी ३०० पिस (२०) पत्ता फेला पारेको हो । यो परिमाण हाल सम्मकै सबै भन्दा बढि भएको प्रहरीले जनाएको छ ।

हाल लागुऔषध ओसार पसार र प्रयोग गर्ने एक सय ३२ जनालाई विभिन्न ७१ मुद्धा मार्फत कारवाही भइरहेको पनि प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.