mero sathi tv

पशुपति क्षेत्रमा अब भिख माग्न नपाईने : मगन्तेमुक्त घोषित

पशुपति क्षेत्रमा अब भिख माग्न पाइने छैन । सो क्षेत्रमा असहाय पनि देख्न पाइने छैन । सरकारले पवित्र धार्मिक क्षेत्र पशुपति मन्दिर आसपासमा भिख माग्न नपाईने नियम लागू गरेको छ ।

मुलुकको प्रमुख धार्मिक पर्यटकीय गन्त्व्य पशुपति क्षेत्रलाई शान्त र सौम्य स्थलको रुपमा स्थापित गर्न यस्तो घोषणा गरिएको हो। पशुपति क्षेत्र आसपासमा भिख मागेर जिवन गुजारा गरेकाहरुलाई ब्यवस्थापनको योजना सहित यस्तो घोषणा गरीएको हो ।

पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले मंगलबार आयोजित एक कार्यक्रममा ‘पशुपति क्षेत्र मगन्ते र असहायरहित’ अभियानको घोषणा गरेका हुन् ।

पशुपति क्षेत्रका मगन्ते र असहायको व्यवस्थापन र उद्धार कार्यमा सत्य साई केन्द्र, मानवसेवा आश्रम, बागमती सफाइ अभियन्ता, मनोसामाजिक परामर्शदातालगायतले योगदान दिँदै आएका छन्। विगत ६ महिनादेखि पशुपति क्षेत्रका असहाय, मगन्ते, वृद्धवृद्धा, मानसिक रोगी तथा लागू÷मादक पदार्थ सेवनकर्तालगायतको व्यवस्थित पुनस्र्थापना भइरहेको छ।
सो क्षेत्रवाट उद्यार गरिएकाहरुलाई विभिन्न सं संगठनको आश्रयमा राखिएको छ । पहिलो प्राथमिकता परिवारसंग पुनर्मिलन गराउने र त्यसो हुन नसकेकाहरुलाई ब्यवस्थापन गर्ने मन्त्री अधिकारीले बताए ।

वर्षांदेखि अव्यवस्थित रुपमा बस्दै आएका मगन्तेका कारण पशुपति क्षेत्रको शोभा खस्किएको भन्दै यस्तो अभियान संचालन गरिएको हो ।

पशुपति क्षेत्रबाट सुरु भएको सडकपेटीबाट मगन्ते, भिखारी तथा असहायको उद्धार गर्ने अभियानलाई ०८२ सालभित्र देशभरि बनाइने घोषणा मानवसेवा आश्रमले गरेको छ । यो अभियानका लागि अहिलेसम्म १० जिल्लामा मानवसेवा आश्रमका शाखा स्थापना भइसकेको आश्रमले जनाएको छ। आश्रमको यो अभियानप्रति समर्थन जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा महानगरका सडक मगन्तेरहित बनाउने प्रतिबद्धता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.