mero sathi tv

यसरी बनाउनुहोस्, आलु चिउराको स्वादिलो पकौडा

आवश्यकता अनुसार चिउरा, मसिनो गरि काटेको पियाज, अदुवाको मसिनो धुलो, उसुनेको आलु आवश्यकता अनुसार, धनियाको पात, जिरा, बेसार आधा चम्चा, धनिया-जिराको धुलो आधा चम्चा, चामलको पिठो (मैदा), नुन, तेल

बनाउने बिधि :

चिउरालाई भिजाउनुहोस् भिजि सकेको चिउराबाट पानी निकाल्नुहोस पानी निकाली सकेर चिउरा एउटा भाडोमा राख्नुहोस र उसुनेको आलु मिचेर हाल्नुहोस अनि काटेको पियाज, अदुवा, धानियको पात, नुन स्वाद अनुसार, जिरा, जिरा धनियाको धुलो, बेसार, अलिकति चामलको पिठो हाल्नुहोस अनि मोल्नुहोस, राम्रो संग मिक्स भएपछी आफुले चाहेजस्तो (गोलो,लाम्चो) आकार दिएर राख्नुहोस ।

प्यानमा तेल हाल्नुहोस,तेल तातिसकेपछी बनाएर राखेको उक्त पकौडा हाल्नुहोस । रातो भएपछी निकाल्नुहोस,तयार भयो आलु-चिउराको पकौडा । अब यसलाई आफुलाई मन पर्ने अचारसित खान सक्नुहुन्छ ।

Leave A Reply

Your email address will not be published.