mero sathi tv

घुँडा दुख्ने समस्या छ ? यी कुरामा ध्यान दिनुस् ५ दिनमा चट्ट हुन्छ … जानी राखौ..

एजेन्सी । हालै गरिएको एक अध्यनले कम सुत्ने ब्यक्तिमा घुँडा तथा जोर्नी दुख्ने समस्या हुन सक्ने देखाएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको स्कुल अफ मेडिसिनमा गरिएको अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।
कम सुत्ने मानिसमा जोर्नी र घुँडा दुख्ने समस्या बढ्दै जान सक्ने उक्त अध्यनको निष्कर्ष छ । दुखाइको बारेमा सोंच्ने र सुत्न नसक्नेहरुमा यस्तो समस्या अझै बढी हुने समेत शोधकर्ताले बताएका छन् ।

यो अध्यन २०८ जना सहभागीमाथि गरिएको थियो । कम सुत्ने ब्यक्तिहरुमा दुखाइ सम्बन्धि काम गर्ने मस्तिस्कको भाग सक्रिय रहने र त्यसले दुखाइलाई बढाउने समेत पाइयो ।

यो अध्यन जर्नल अफ अमेरिकन कलेज अप र्‍यहूमेटोलोजीमा प्रकाशित छ ।

१) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः– जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदि ।

२) टुक्रुक्क हथवा पलेटी मारेर नबस्ने ।

३) मनतातो तोरीको तेलमा ३–४ थोपा (pain oil) दखाई कम गर्ने तेल मिसाएर बिहान
र बेलुकी हलुका मसाज गर्ने ।

४) तोल घटाउने वा नियन्त्रण गर्ने ।

५) तातो पानीको Bag (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने Ice ले २–३
मिनेट सम्म हलुका मसाज गर्ने ।

६) भर्याङ्ग वा सिडी धेरै पल्ट तल माथि नगर्ने ।

७) Knee support को प्रयोग गर्ने ।

Exercise:-

१) भित्तामा अढेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – १० गन्ने र १०
पटक गर्ने ।

२) घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – १० गन्ने र १० पटक गर्ने ।

३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – १०
गन्ने र १० पटक गर्ने ।

४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – १० गन्ने र १० पटक गर्ने ।

५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – १० गन्ने र १०
पटक गर्ने ।

६) खुट्टा झुन्डाएर एक अर्का माथि राख्ने, तलको खुट्टाले माथि र माथिल्लो खुट्टाले तल
बराबरी ठेल्ने ।

जानकारी मुलक भिडियो

Leave A Reply

Your email address will not be published.