mero sathi tv

‘तिमीसँग’को प्रिमियरमा लुकीलुकी फिल्म हेर्न पुगेका थिए साम्राज्ञीका प्रेमी (भिडियो)

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘तिमी सँग’को प्रिमियर शो हिजो साँझ काठमाडौँको कुमारी हलमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक नाजिर हुसेन उपस्थित थिए ।

शिशिर राणा निर्मित तथा निर्देशित चलचित्र तिमी सँगका अर्का मुख्य नायक आकाश श्रेष्ठ भने प्रिमियरमा देखिएनन् । सँगै प्रिमियरमा अन्य थुप्रै कलाकार, मिडियाकर्मी तथा दर्शकहरूको उपस्थिति रहेको छ भने यस फिल्मकी नायिका साम्राज्ञीको प्रेमी हुन् मयंक खड्का जसलाई महेश खड्का भनेर पनि चिनिन्छ। खड्का डेजा भु कल्वका मालिक समेत हुन्। उनी पनि आफ्ना प्रेमिका साम्राज्ञीको चलचित्र तिमीसँग हेर्न हलमा पुगेका थिए।

चलचित्र हेरिसकेपछि चलचित्रकर्मी र रंग पत्रकारहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । कलाकारहरूको अभिनयसँगै चलचित्रमा समावेश लोकेसन र गीत संगीतको त्यहाँ उपस्थित कलाकार, दर्शकहरूले प्रशंसा गरे ।

यता प्रिमियरबाट पाएको प्रतिक्रियाबाट निर्माण टिम उत्साहित देखिएको छ । साँगीतिक प्रेमकथानक चलचित्रको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् ।

चलचित्रमा प्रमोद कार्कीको छायाँकन, वनिश विक्रम शाह र मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी र दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.