mero sathi tv

आज पनि देशैभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ

पश्चिमी वायुको प्रभावले आज पनि देशैभर वर्षा हुने मौसमविद्हरुले बताएका छन् । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणका कारण मौसममा बदली र वर्षा भएको मौसमविद्ले जानकारी दिएका छन् ।

मौसमविद् अनुसार मनसुनी गतिविधि अझै केहि दिन जारी रहनेछ । पूर्व मनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुनेछ ।

मौसम पुर्वानुमान महाशाखाले भने आज देशैभर दिनभर बादल लागिरहने र मध्य, पूर्व तथा पश्चिमी भागका केहि पहाडी इलाकाहरुमा चट्याङ तथा हावाहुरीसहितको वर्षा हुने बताएको छ । पश्चिमी वायुको प्रभावले बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा समेत वर्षा भएको थियो।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ११ दशमलब ४ मिलिलिटर वर्षा भएको छ । देशभरमा सबैभन्दा बढी पोखरामा २५ दशमलब ४ मिलिलिटर तथा दाङमा १२ मिलिलिटर वर्षा भएको छ ।

Leave A Reply

Your email address will not be published.