mero sathi tv

मृत्यु अघि यसोदाले मदनलाई भनेकी थिइन् रिटायर्ड लाइफ तपाईं जहाँ जानुहुन्छ, त्यहीं जिउँछु, तर मद एक्लै भए

६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति उपचारका क्रममा ज्यान गएसँगै बरिष्ठ कलाकार ताथ सामाजिक अभियन्ता मदनकृष्ण श्रेष्ठ ठूलो शोकमा डुबेका छन् ।

लामो समयको प्रेमपछि अन्तरजातिय विबाह गरेको यो जोडीले हाँसीखुशी रिटायर्ड लाइफ जिउने सल्लाह गरेपनि क्यान्सका कारण अल्पायुमा नै यशोदाले ज्यान गुमाएपछि उनको पति मदनसँग उनीसँगै समय बिताउने सपना अधुरै बनेको छ ।

एक अन्तरवार्तामा यशोदाले भनेकी थिइन् रे– ‘यत्तिका वर्ष फुर्सद भएन, अब रिटायर्ड लाइफ तपाईं जहाँ जानुहुन्छ, त्यहीं जान्छु। स्वदेश भए पनि विदेश भए पनि तपाईंसँगै हिँड्छु।’ अफसोच⁄ स्वास्थ्यका कारण यशोदा र मदनकृष्ण दुवैले चाहेर पनि सँगै हिँड्न सकेनन्।

Leave A Reply

Your email address will not be published.