mero sathi tv

सलमान खानलाई ५ वर्षको जेल सजाय, लिइयो हिरासतमा

भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।

सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

हरिणको शिकार’काण्डमा मुछिएकी अभिनेत्री तब्बुमाथि विमानस्थलमै हातपात

एजेन्सी।‘कालो हरिणको शिकार’ काण्डमा मुछिएकी बलिउड अभिनेत्री तब्बुमाथि जोधपुर विमानस्थलमा हातपात भएको छ ।रीसले चुर भएका उक्त व्यक्तिले नायीका तब्बुमाथि हातपात गरेको भारतिय संचारले जनाएको छ ।

मुद्दाको फैसला सुन्न तब्बु जोधपुरमा पुगेकी हुन् । मुद्दामा तब्बुसहित सलमान खान, सैफ अली खान, सोनाली बेन्द्रे र निलमविरुद्ध फैसला हुन सक्नेछ । ती व्यक्तिले पटक पटक तब्बुको काँधमा रात राख्ने प्रयास गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.