mero sathi tv

को हुन् २०७४ की सर्वोत्कृष्ट नेपाली नायिकाहरु ? हेर्नुहोस् …

नेपाली चलचित्र क्षेत्रमा अभिनेता मात्र नभएर अभिनेत्रीहरुले पनि प्रभाव जमाउन थालेका छन्। नेपाली चलचित्र क्षेत्रले अभिनय क्षमता भएका नयाँ अभिनेत्रीहरु पनि पाइरहेको छ।

अहिलेका लोकप्रिय नायिकामा प्रियंका कार्की ,केकी अधिकारि, स्वस्तिमा खड्का, वर्षा राउत, आंचल शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह, पूजा शर्मा आदि हुन्।

यो वर्ष प्रियंका कार्कीले अरु अभिनेत्रीको तुलनामा सबैभन्दा धेरै फिल्म खेलिन्। २०७४ मा रिलिज भएको पहिलो फिल्म राधे प्रियंका अभिनित थियो भने यो वर्षको अन्तिम फिल्म ‘लिलिबिली’ मा पनि प्रियंकाले अभिनय गरेकी छिन्।

तर उनले अभिनय गरेका फिल्म मध्ये ‘छक्का पन्जा’ र ‘शत्रु गते’ ले मात्र राम्रो व्यापार गर्न सफल भए। यी फिल्मको सफलताको श्रेय भने प्रियंकालाई मात्र नभई सम्पूर्ण निर्माण टिम र कलाकार टिमलाई गयो।

युट्युबमा सर्वाधिक खोजिने नेपाली अभिनेत्री हुन्, पूजा शर्मा। पूजा शर्माले आफै निर्माता तथा अभिनेत्री बनेर यो वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज गरिन् । उक्त फिल्मको गीत संगै फिल्म पनि हिट भयो।

उनी अहिले अर्को फिल्म ‘रामकहानी’ को तयारिमा जुटेकी छिन् । त्यस्तै आंचल शर्माले, पल शाह संगको जोडीको रुपमा चर्चा कमाएकी पनि अभिनय मार्फत खासै चर्चा पाउन सकीनन् ।

उनले अभिनय गरेको शत्रु गतेले सफलता हासिल गरेपनि, उक्त सफलताको श्रेय सम्पूर्ण टिमलाई जान्छ।

अरु अभिनेत्रीहरुको कस्तो रह्यो त यो वर्ष, हेर्नको लागि र सर्वोत्कृष्ट नायिका छनोट गर्नको लागि हेर्नुहोस् भिडियो  …

Leave A Reply

Your email address will not be published.