mero sathi tv

जेठ ४मा रिलिज डेट तोकिएको ‘हैरान’को पोष्टर सार्वजनिक

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हैरान’को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिकपोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र फिल्म टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए ।

डेब्युफिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् ।

विश्कैकान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रको पोष्टरमा ‘हैरान’ का सबै कलाकार अटेका छन् । निर्देशक विष्ट आफूले राम्रो काम गर्न कुनै कसर बाँकी नराखेको बताए । फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ ।

सरोखनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, बुद्धि तामाङ, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रकी कार्यकारी निर्मात्री सम्झना पोखरेल हुन् ।

 

डान्सफेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् । चलचित्रलाई कमेडी जनरमा तयार पारिएको छ ।

चलचित्रमाकथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ ।

हैरान’ मा नवराज उप्रेती र निरज कडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

फिल्मगीत लेख्नसँगै यसको कास्टिङ निर्देशन शान्तिप्रियले गरेका हुन् ।

सौगातविष्ट,”पहिलो फिल्ममैले फ्यामिली ड्रामा बनाएको थिए भने यसपटक सस्पेन्स , थ्रिलर बनाउने कोसिस गरेको छु । मलाइ टेक्निकल निर्देशकको रुपमा अंकल गम्भीरले सहयोग गर्नु भएको छ । फिल्मको कथा सुहाउदो पात्र छनोट गरेका छौ । फिल्मको पोष्टर सार्वजनिक भएको छ , यसलाई हेरेर प्रतिक्रिया दिनु होला ।

सरोखनाल,”फिल्मको कथावस्तु निकै राम्रो छ । यसैले गर्दा मैले अभिनय गरेको हु । फिल्मको कथा रमाइलो बनेको छ , साथै टिमले राम्रो बनाउने कोसिस गरेका छौ ।

यसमा अघिल्ला फिल्म भन्दा केहि फरक नै छ । पोष्टरमा पनि हामी चरित्र अनुसार नै आफुलाई प्रस्तुत गरेका छौ ।

Leave A Reply

Your email address will not be published.