mero sathi tv

अहिले सम्म बिहेको सोंचाई राखेको छैन -बेनिशा

म्युजिक भिडियो हुदै सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिका बेनिशा हमाल सिनेमा पिच्छे फरक अवतारमा देखिन रुचाउने नायिकामा पर्छिन् । सिनेमा ‘झ्यानाकुटी’बाट विशेष प्रशंसा पाएकी बेनिशाको अर्को सिनेमा ‘ब्लाइन्ड रक्स’ पनि प्रदर्शनमा आईसकेको छ । तर उक्त सिनेमामा बेनिशाको अभिनयलाई सबैले प्रशंसा गरेतापनि ‘ब्लाइन्ड रक्स’ले खासै राम्रो ब्यापार भने गर्न सकेन । प्रस्तुत छ नायिका हमाल संग गरिएको अफ गफ ।

सपिङ गर्दा बार्गेनिङ गर्ने बानी छकी छैन ?

केटी मान्छे हुँ अबस्य पनि यो बानी त भैहाल्छ । कुनै पनि सामान किन्दा सय पँचास भए पनि बार्गेनिङ गर्दिनु भयो भने मलाई चाही एकदम खुशी लाग्छ ।

तपाईलाइ के देखी डर लाग्छ ?

मलाई चाहीं फेमीली संग टाढा हुन्छुकी भन्ने डर लाग्छ । अनि जुका संग पनि एकदम डर लाग्छ ।

तपाईलाइ कस्तो कुराहरुले हट गर्छ ?

आफ्नो बारेमा गरिएको नकारात्मक ब्याख्या, अनि जजमेन्टहरुले मलाई हट गर्छ । प्राय मलाई बाहिरको मान्छेहरुले भन्दा पनि नजिकको मान्छेहरुलेनै हट गर्नु हुन्छ ।

तपाई आफू चाहीं कत्तिको जजमेन्ट गर्ने मान्छे हो ?

म जजै गर्दिन।

तपाईले आफ्नो बिहेको बारेमा के सोंच्नु भएको छ ?

अहिले सम्म त्यस्तो सोंचाई राखेको छैन बिहेको । अब त बिहे गर्ने बेला भयो भन्ने खालको फिल पनि आएको छैन । पक्कै पनि एउटा एज भएपछि घरबाट, आफन्तहरुबाट प्रेसर आउनु स्वभाविक हो । मलाई चाहीं बिहेगर्ने समय आयो बिहे गर्न पर्छ भनेर सोंच्नु पर्छ जस्तो लाग्दैन । किनभने त्यो समय आएपछि अवस्य हुने कुरा हो ।

करियरको सुरुवातमा परिवारको सपोर्ट थियोकी थिएन ?

अं… परिवारको खासै सपोर्ट थिएन ।

तपाईको लागि बुवा आमा के हो ?

उहाँहरु मेरो लागि सबथोक हो । उहाँहरु जस्तो ब्यक्तित्व अरु मैले यो संसारमा खोजेर पनि पाउँदिन ।

सुन्दरतालाई मध्यनजर गर्दै खानपिनमा कत्तिको ध्यान दिनुहुन्छ ?

म खानपिनमा चाहीं एकदमै ध्यान दिन्छु । ब्रेकफास्ट मलाई एकदमै हेभी चाहिन्छ । धेरै चिल्लो खानेकुराहरु म खाँदिन ।

Leave A Reply

Your email address will not be published.