mero sathi tv

सलमान जेल जाँदा बलिउडको ८ अर्ब धरापमा

कालो हरिणको शिकार गरेको अभियोगमा अभिनेता सलमान खान जेल जाँदा यतिबेला बलिउड स्तब्ध छ । यसको कारण हो, सलमानमाथि बलिउड उद्योगले गरेको ठूलो लगानी ।

बलिउडका ब्यापार विश्लेषक कोमल नाहाटा भन्छन- ‘यदि उनले धरौटीमा छुटन पाएनन् भने निकै ठूलो क्षति हुनेछ उद्योगलाई । किनकी बलिउडमा सफलतामात्र हैन, ठूलो सफलताको ग्यारेन्टी दिनसक्ने सलमानजस्ता निकै कम सुपरस्टार मात्र छन् ।

सबैभन्दा ठूलो चिन्ताचाहिँ ‘रेस ३’ को हो । १२५ करोडको लगानीमा बनिरहेको फिल्मको सुटिङ अब चार पाँच दिनमात्र बाँकी छ । जून १४ मा इदको अवसरमा रेश ३ रिलिज गर्ने योजना थियो ।

सलमानको अर्को ठूलो प्रोजेक्ट हो, भारत । २ सय करोडको लगानीमा बन्न लागेको यो सलमानको सबैभन्दा ठूलो लगानीको होम प्रोडक्सन फिल्म हो ।

अर्को पाइपलाइनमा रहेका प्रोजेक्ट हो, ‘किक २’, जसको लगानी सय करोड अनुमान गरिएको छ । सलमान यसै बर्षको मध्यबाट ‘दबङ ३’ को पनि तयारीमा थिए ।

प्रोड्यूसरका रुपमा उनले आफ्ना ज्वाईंको फिल्मको लवरात्रीको पनि तयारी गरिरहेका थिए । सन् २०१० यता सलमानले निरन्तर बिग बोस सेरिज पनि चलाइरहेका थिए जसका लागि सलमानले प्रति एपिसोड ११ करोड रुपैयाँ लिन्थे । लामो अन्तरालपछि ‘दसका दम’ श्रृङ्खलामा उनी होस्ट बनेर आउने तयारीमा थिए । जून महिनाबाट सुटिङ गर्ने तयारी भइरहेको यो श्रृङ्खलाको २० एपिसोडका लागि ७८ करोड रुपैयाँमा सलमान अनुबन्ध भएका थिए ।

सलमान जेल जाँदा कुल झण्डै ८ अर्ब भारतीय रुपैयाँको दाउमा लाग्ने टाइम्स अफ इण्डियाले जनाएको छ । जसमा ब्राण्ड इन्डोर्समेन्ट र इभेन्टको रकम जोडिएको छैन् ।

Leave A Reply

Your email address will not be published.