mero sathi tv

कालो हरिण मारेर, गाउँलेलाई बन्दुक देखाएर भागेका थिए सलमान

कालो हरिणको शिकार गरेकै कारण भारतीय अभिनेता सलमान खान अहिले जेलको खाना खान वाध्य छन् । आज भन्दा २० बर्ष पहिलाको केशका कारण सलामान अहिले ५ बर्षको लागि जेल पुगेका छन् ।

भारतीय अखबार हिन्दुस्तान टाइम्समा छापिएको समाचारअनुसार हरिण मारेपछि जब सलमान भाग्न लागेका थिए, केहि गाउँले हिम्मतका साथ उनको पछी लागेका थिए । तर, उनलाई गाउँले फेला पारी घेराउ गर्न थालेपछि बन्दुक देखाएर भाग्न सफल भएका थिए ।

जोधपुरका गाउँलेका बयान अनुसार गाउँलेलाई बन्दुक देखाउँदै भागेका थिए । तर त्यतिबेला गाउलेको हात बाट उनी उम्केता पनि बिहिवार उनलाई जेल पुर्याए तिनै गाउलेले । उनलाई ५ बर्षको जेल मात्र हैन १० हजार जरिवाना पनि तिर्नु परेको छ ।

Leave A Reply

Your email address will not be published.