mero sathi tv

रुखो बोलीका कारण विवादमा आउन खप्पिस कंगना फेरी बोलीन् भनिन् ‘ फिल्ममा हानिकारक आइटम गीत’

बलिउडकी ‘क्वीन’का रुपमा परिचित अभिनेत्री कंगना रनावत रुखो बोलीका कारण विवादमा आउन खप्पिस छिन्।

अन्य कलाकारको विषय होस् या फिल्मकै कामको विषयमा उनले बोलेका कुरा हेडलाइन नबन्ने विरलै हुन्छ । लागेको कुरा बोल्ने क्रमलाई निरन्तरता दिँदै उनले आइटम गीतलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा आइटम गीत उत्तेजक र अश्लिल हुने भएकाले त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने कंगनाको माग छ । ‘त्यसकारण पनि मलाई अहिलेसम्म कुनै पनि फिल्ममा दर्शकले आइटम गीतमा देखेका छैनन् । किनकि यस्तो गीतमा नृत्य गर्दा आफूलाई केही फाइदा हुँदैन ’उनले भनेकी छन्।

कंगनाको बुझाईमा फिल्ममा प्रयोग गरिने आइटम गीत व्यक्ति, समाज र बालबालिकाका लागि हानिकारक हुन्छन् । ‘यदि मेरो या तपाईको छोरी भएमा उसलाई पनि हामीले के आइटम गर्लकै रुपमा चिनाउने हो ?’ उनले प्रश्न गरेकी छन्, ‘म त्यही काम गर्छु, जुन कुराले मलाई खुशी दिन्छ । तर मेरो कारण आम दर्शक भागेको म हेर्न चाहन्नँ । त्यसकारण आइटम गीतप्रति मेरो रुचि छैन । त्यसकारण म फेयरनेस क्रिमको विज्ञापन, ठूला नायकका फिल्म र आइटम नम्बरमा काम गर्दिन्।’ नागरिकले छापेको छ ।

कंगना हाल फिल्म मनिकर्णिकाको सुटिङमा व्यस्त छिन् । यो फिल्मबाहेक उनी फिल्म ‘मेन्टल है क्या’ मा राजकुमार रावको अपोजिटमा देखिँदैछिन् । फिल्ममा एकता कपुरको लगानी छ । यसअघि एकता, कंगना र राजकुमारको जोडी दर्शकले ‘क्वीन’मा देखेका थिए।

Leave A Reply

Your email address will not be published.