mero sathi tv

सन्दिप लामिछाने टिममा पर्ने सम्भावना छ : दिल्लीका प्रशिक्षक

दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपाली युवा स्पिनर सन्दिप लामिछानेले आफूलाई निखार्दै लगेको बताएका छन् । दिल्ली डेयरडेभिल्सले बिहिबार आयोजना गरेको पत्रकार सम्मेनलमा प्रशिक्षक पोन्टिङले सन्दिपले बलिङमा दिनप्रतिदिन सुधार गर्दै गईरहेको बताएका हुन् ।

आईपीएल सुरु हुनुअघि दिल्लीले आयोजना गरेको पत्रकार सम्मेलनमा सन्दिपबारे प्रशिक्षक पोन्टिङले भने, “स्याण्डी (सन्दिप) निपुण स्पिनर क्रिकेटर हुन् । उसले अभ्यासमा निकै राम्रो गरिरेहको छ । उ युवा छ, अभ्यासमा नथाक्ने जोश देखाएको छ । सन्दिपले आफूलाई दिन प्रतिदिन प्रगति गर्दै गैरहेको छ ।”

यस्तै प्रशिक्षक पोन्टिङले सन्दिप क्रिकेटमा उदाउँदा खेलाडी रहेको र सन्दिपसँग टिमलाई चाहिएको बेला उचित बलिङ गर्न सक्ने क्षमता भएको बताए । सन्दिपले आफूलाई निखार्दै लगेका कारण टिममा पर्ने सक्ने सम्भावना रहेको समेत प्रशिक्षक पोन्टिङले बताए ।

आउने शनिबार सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका लागि लेग स्पिनर सन्दिप हाल दिल्लीको टिममा रहेका छन् । सन्दिपलाई दिल्लीले अक्सनबाट २० लाख भारतीय रुपैयाँमा किनेको थियो । सन्दिपको टोली दिल्लीले आइतबार किंग्स इलाभेन पन्जाबसँग माहोलीमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

Leave A Reply

Your email address will not be published.