mero sathi tv

अविवाहित दिपाश्री निरौलाले खुलासा गरिन पहिलोपटक यस्तो अचम्मको रहस्य

सानोमा असाध्ये छुच्ची थिएँ म । चकचके त कति कति, कुरा गरिसाध्यै छैन । जे गर्न हुन्न भन्यो त्यही गर्थेँ । हामी सानो हुँदा गाउँमा केटाहरुले डण्डीबियो खेल्ने चलन थियो । डण्डीबियो केटीहरुले खेल्दैनथे ।

तर, म चाहीँ केटाहरुको ग्याङमा छिरेर खेल्थे । मेरो धेरैजसो साथीहरु केटा नै थिए । मलाई घरमा पनि बाबा आमाले छोरा भनेर नै बोलाउनु हुन्थ्यो । ७ कक्षासम्म म केटाकै डे्रस लगाएर स्कुल जान्थे । आठ कक्षापछि मात्रै हो मैले केटीको लुगा लगाउन थालेको । मेरा साथीहरु मैया, उषा, बिनिता थिए । अहिले पनि कहिलेकाँही भेट हुन्छ ।

मेरो घर नजिकै वालिका स्कुल थियो । त्यहाँ केटीहरु मात्रै पढ्थे । त्यसलाई छोडेर म आदर्श माध्यमिक विद्यालयमा गएँ । पहिलो कुरो त त्यहाँ केटाहरु पनि पढ्थे । दोस्रो कुरो, गिरिजाबाबुले पढ्नु भएको स्कुल थियो ।

मेरो बुबा र आमाले धेरै पढ्नु भएको थिएन । त्यसकारण हामीलाई जतिवेला पनि पढ मात्रै भन्नुहुन्थ्यो । घरको काम केही गर्न पर्दैन, मै गर्छु भन्नुुहुन्थ्यो ।

हामीले के-के काम गर्ने चाहीँ दिदीले भाग लगाउथी । स्कुलबाट आए लगत्तै दिदीले मलाई घरमा कुचो लगाउन अह्राउँथी । म चाहिँ डान्स क्लास जान हतार भो भन्दै बहिनीलाई अह्राएर दौडिन्थेँ । मैले दिदीले भनेको नमानेपछि बहिनीले पनि मैले भनेको मान्दिन थिई ।

घरमा आएपछि दिदीले किन नबढारेको भन्दै मलाई भुत्ल्याउथी । म चाँहि तैंले किन नबढारेको भन्दै बहिनीलाई भुत्ल्याउथेँ । हाम्रो झगडा परेपछि दुबैलाई भुत्ल्याउने जिम्मा आमाको थियो । दिदी बहिनी झगडा गरेकै कारण आमाको कुटाई त कति खाइयो कति । लौराले खुट्टामा बजाउनुहुन्थ्यो ।

जति कुटे पनि मेरो बद्मासी कहिल्यै रोकिएन । उट्पट्याङ काम गर्न मलाई कसैले रोक्न सक्दैन थियो । चौथी आउनै हुन्न थ्यो । आँप र अम्बा चोथ्र्यौ । अर्को कुरा चौथीमा वल्लोपल्लो घरमा राती जान्थ्यौ र कुखुरा र बाख्राको खोर खोल्दिन्थ्यौं ।

हामीले नै खोर खोल्दिएको थाहा हुन्थ्यो । ‘यो तुलसी बाजेको छोरीलाई कहिले बिहे गरेर पठाउछन् र ढुक्क हुन्छ’ भनेर गाली गर्थे । स्कुलमा पनि साथीहरुसँग ठाकठुक हुन्थ्यो । धेरैपटक कान समातेर उठबस गरेकी छु ।

मलाई नाच्न असाध्यै रमाइलो लाग्थ्यो । सत्य नारायण पूजा, रुद्री, जे पनि नाचिहाल्थेँ । एकजना हाम्रो बुबाको दिदी हुनुहुन्थ्यो । हामी अम्मा ममी भन्थ्यौ । उहाँले मलाई वालमन्दिरमा डान्समा भर्ना गरिदिनु भयो ।

त्यहि डान्स सिक्दा सिक्दै एउटा प्रतियोगितामा भाग लिएँ र फष्ट भएँ । उक्त प्रतियोगितामा मैले केटा भएर डान्स गरेको थिएँ । ठुलो भएपछि डान्सर बन्छु भन्ने सोचेकी थिएँ ।

सानो छँदा हामी बनभोज खान जान्थ्यौं । खाना बनाउन आउदैन थियो । मलाई चिया पकाउन लगाउथे । चियाको पानी बसालेर एकछिन उमालेपछि म चाख्न थाली हाल्थेँ । चियापत्ति हाल्यो थोरै चाख्यो । चिनी हाल्यो थोरै चाख्यो । छेउँमै बसेका साथीहरु यसले चिया चाखेरै भ्याउने भइ भनेर गाली गर्थे ।

Leave A Reply

Your email address will not be published.