mero sathi tv

प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा गृहमन्त्री सिंहको स्वागत,ओली आइतबार मात्र स्वदेश फर्कने

तीन दिने राजकीय भारत भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको छ। भाजपा पूर्वअध्यक्ष समेत रहनुभएका गृहमन्त्री सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको हो ।

प्रधानमन्त्री ओली आज बिहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत हुनुहुन्छ । अजरवैजानमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र केही परराष्ट्रअधिकारीहरु भने उतैबाट दिल्ली पुग्ने कार्यक्रम रहेको छ ।

आजै साँझ दिल्लीमा नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले भोली मात्र राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोली बिहान राष्ट्रपति राजनाथ कोविन्द, बिदेशमन्त्री सुस्मा स्वराजसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । प्रधानन्त्री ओलीले बिहान साढे ११ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ । दुई समकक्षीबीच पटक पटक गरी करिब तीन घण्टा भेट हुने गरी परराष्ट्रमन्त्रालयले तालिका सार्वजनिक गरेको छ ।

ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष बामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गर्नुभएको छ । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ

Leave A Reply

Your email address will not be published.