mero sathi tv

टन्सिल निको पार्न घरेलु उपायहरु

घाँटीको भित्र पट्टीको भागमा ब्याक्टेरियल इन्फेक्सन हुनुलाई टन्सिलाइटिस वा सामान्य भाषामा टन्सिल भएको मानिन्छ । चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । यसबाट बच्नको लागि हामीले यसको लक्षण र यसको उपचारको बारेमा थाहा पाइराख्नुपर्ने हुन्छ ।

टन्सिलका लक्षणहरु
जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई वटा छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ । तर, कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ । टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सके राम्रो हुन्छ । टन्सिलबाट बच्नको लागि कुल्ला गर्नु सबैभन्दा राम्रो उपचार हो ।

यस्ता छन्, टन्सिलका लागि घरेलु उपचार

नुन पानी: नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुरा गर्नुहोस् यसबाट निकै लाभ हुन्छ ।

अदुवा पानीः तातो पानीमा कागतीको रस र ताजा अदुवा पिसेर मिसाउनुहोस । यस पानीलाई हरेक घन्टा कुल्ला गर्नुहोस । यो तातो हुनाले आराम दिलाउन मद्धत गर्छ । यसको अलावा अदुवा राखेको चिया पिउनाले पनि आराम मिल्छ ।

दुधः काँचो मेवाको दुध मिसाएर कुल्ला गर्नाले पनि टन्सिल्सबाट आराम मिल्छ । यसबाहेक एक कप तातो दुधमा आधा चम्चा पिसेको बेसार मिसाएर पिउनाले पनि चाँडो टन्सिल ठीक हुन्छ ।

मह पानीः तातो वा मनतातो पानीमा कागतीको साथमा मह मिसाएर प्रयोग गरेमा घाँटिको दुखाई धेरै नै कम हुन्छ र टन्सिल पनि छिट्टै ठिक हुन्छ ।

चिकेन सुप ः चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

लसुन या ल्वाङ ः टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

Leave A Reply

Your email address will not be published.