mero sathi tv

अमेरिकाको घमण्ड चक्नाचुर: चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले स्वीकारे हार

पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिका पछि हटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

गत साता अमेरिकाले चीनले अमेरिकी लगानीलाई चीनमा प्रोत्साहन नदिएको भनेर आफ्नो देशमा विक्री हुने १३ सय चिनियाँ वस्तुमा करको दर बढाएको थियो।

त्यसको जवाफमा चीनले पनि १०६ अमेरिकी वस्तुमा कर बढाउने घोषणा गर्यो। चिनियाँ घोषणासँगै अमेरिकी शेयर मार्केटमा मंगलबार ४५० अंकले गिरावट आयो। शेयर मार्केटको अवस्था बुझेलगतै रास्ट्रपति ट्रम्पले ट्वीट गरेका छन्– ‘५ सय अर्ब घाटामा गएको यो अवस्थामा अरु कुनै घाटा व्यहोर्ने पक्षमा हामी छैनौ।’

उनले तत्कालिन नेतृत्वककर्ताको आलोचना गर्दै अगाडि भनेका छन्– हामीले धेरै वर्षअघि नै चीनसँग ब्यापार युद्धमा पराजय व्यहोरिसकेका छौं, जतिबेला मुर्ख र असक्षमले अमेरिकालाई प्रतिनिधित्व गरेका थिए।’

मेक्सिकोसँगको सीमाक्षेत्रमा डोनाल्ड ट्रम्पले सैनिक खटाउने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताउनु भएको छ ।

आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन लागिएको राष्ट्रपति ट्रम्पले मंगलबार बताउनु भयो ।

“हामीले हाम्रा सैनिकहरु मार्फत हाम्रो सीमाक्षेत्र घेर्न गइरहेका छौं,” ह्वाईट हाउसमा ट्रम्पले संबाददाताहरुसँग भन्नुभयो ।
स्टोनिया, लाट्भीया र लिथुनियाका नेताहरुसँगको भेटपछि उहाँले यस्तो बताउनु भएको विभिन्न सञ्चार माध्यमहरुले समाचारमा जनाएका छन् ।

“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदासम्म उनीहरुलाई त्यही खटाइने छ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो निकै ठूलो कदम हो ।”

राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति निर्वाचित हुने निर्वाचनको बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गर्नुभएको थियो ।

उहाँले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनु पर्ने कुरालाई महत्वका साथ बेला बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सक्नु भएको छैन ।

सीमा क्षेत्रमा पर्खाल लगाउनु पर्ने राष्ट्रपति ट्रम्पको प्रस्तावले अहिले राजनीतिक र कान्ूनी चुनौतीहरु झेलिरहेको छ

Leave A Reply

Your email address will not be published.