mero sathi tv

धुर्मुस सुन्तलीको एकिकृत बस्तिमा ‘रामकहानी’ टिम (भिडियो)

नेपाली चलचित्र ‘रामकहानी’ यतिबेला निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्देशक सुदर्शन थापाको निर्देशनमा बनिरहेको चलचित्रको यतिबेला तरमईतिर धमाधम छायाँकन भैरहेको छ ।

यतिबेला ‘रामकहानी’ को पहिलो गीत धमाधम छायांकन भैरहेको चलचित्रको निर्माण टिमले जनाएको छ । चलचित्रको निर्माण टिम लगायत कलाकारको टोली पहिलो गीतको छायाँकन गर्न रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा पुगेका छन् ।हाँस्यकलाकाबाटै आफ्नो पहिचान बनाउन सफल धुर्मुस सुन्तलीले निर्माण गरेको सन्तपुर एकिकृत बस्तीमा ५ दिन देखि गीतको छायाँकन चलिरहेको छ । निर्माण टिमले जनाए अनुसार छायाँकन सकिन कम्तिमा अरु १/२ दिन लाग्नेछ। एकीकृत नमुना बस्तिकी प्रमुख तथा कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले सिनेमाको माध्यमबाट जनमानसमा यो बस्ति देखाउनलाई गीतको छायाँकन गरिएको बताईन् । उनले आफूहरुको यो कामले नेपाली फिल्मलाई सपोर्ट भएको भन्दै आफूहरुले सपोर्ट नगरे कसले गर्ने भनेर प्रश्न समेत गरिन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘तिम्रो लागि म छु दुनियाँ छोडिदेऊ’ बोलको गीतमा अहिले धमाधम छायांकन भैरहेको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् । गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, विल्सनबिक्रम राईले एकसाथ कम्मर मर्काइरहेका छन् । कविराजले यो गीतको कोरियोग्राफी आफ्ना उत्कृष्ट कोरियोग्राफीको सुचीमा पर्ने बताए ।

त्यस्तै निर्देशक थापाले दर्शकलाई नयाँ स्वाद दिउ भनेर सन्तपुरको बस्तिमा गीत छायाँकन गरिएको बताए । भदौ २२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘रामकहानी’को एउटा गीत र केही दृश्यहरु खिच्न बाँकी छ ।

Leave A Reply

Your email address will not be published.