mero sathi tv

कार्टुन्ज क्रुुको नयाँ गीत ‘रेली माइ’ दुई दिनमै युट्युबको पहिलो ट्रेन्डिङमा (भिडियो)

नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको सधैँ झैँ एकदमै दमदार नृत्य देख्न सकिन्छ । ‘रेली माइ’ बोलको गीतमा टंकबुढाथोकीको स्वर, शब्द तथा सङ्गीत रहेको छ ।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सरोज अधिकारीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकी पनि देखिएका छन् ।

गीत गत विहीवार मात्रै युट्युबमा रिलिज गरिएको थियो तर रिलिजको दुई दिनमै यो गीत नेपाली युट्युबको ट्रेन्डिङमा पर्न फिल भैसकैको छ। हाल यस गीत युट्युबको पहिलो ट्रेन्डिङमा छ। अहिलेसम्म यस गीतलाई ५ लाख ९५ हजार ४ सय ६९ जनाले हेरिसकेको छन् भने ३२ हजार मनपराएको प्रतिक्रिया जनाएका छन्।

 

Leave A Reply

Your email address will not be published.