mero sathi tv

गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री ओलीले यस्तो लेखे, जुन कुरा भारतीय मिडियामा भाइरल बन्यो

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उनको स्मरण गरे । श्रद्धाञ्जली पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेका छन्– महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।

प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसहित आजै दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता हुँदैछ ।

Leave A Reply

Your email address will not be published.