mero sathi tv

सुनसरीको बराहक्षेत्र नगरपालिकाका अग्नि पीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण

गत चैत तीन गते शनिवार राति भएको आगलागीबाट विस्थापित परिवारलाई राहत उपलब्ध गराइएको छ । सुनसरीको इटहरी स्थित बराहक्षेत्र नगरपालिका ११ इक्राहीका ५० घर परिवारका ९० अग्नि पीडित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

लायन्स क्लब अफ इटहरी ग्रिनसिटी , हेल्पिङ युथ , ट्विटेरियन सोसाइटी ,क्विक भोलेन्टियर लगायतको सामाजिक संस्थाको सहयोगमा बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । अग्नि पीडित बालबालिकाहरु शैक्षिक सामग्री पाएपछि हर्षित भएका छन् ।

अग्नि पीडित बालबालिकाहरुका लागि आवश्यक पर्ने,पुस्तक र अभ्यास पुस्तिकाहरु तत्काल खाँचो भएको जानकारी पाएपछि आफुहरुले सहयोग गरेको लायन्स क्लब अफ इटहरी ग्रिनसिटीका अध्यक्ष शुकदेब घिमिरेले बताउनु भयो ।

प्रत्येक विद्यार्थीलाई झोला, किताब, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हेल्पिङ युथका अध्यक्ष बिकल पौडेलले बताउनु भयो । शैक्षिक सामग्री सहयोग पाएका अग्नि पीडितहरुले भने शौचालय,खानेपानी र आवासको समस्या भएको गुनासो गरेका छन ।

Leave A Reply

Your email address will not be published.