mero sathi tv

भारतले विश्वकप जित्यो भने सडकमा नाङ्गै घुम्नेछन् कोहली

क्रिकेटको महत्वपूर्ण मैदान लर्डसको बाल्कोनीमा भारतीय क्रिकेटर सौरभ गांगुलीले आफ्नो सर्ट खोलेर हावामा हल्लाएको अझै पनि धेरै क्रिकेट फ्यानले बिर्सेका छैनन् । तर यदि भारतले २०१९ को विश्वकप जित्यो भने विराट कोहलीले त्यो घटना दोहोर्याउने मात्रै छैनन् उनी अक्सफोर्डको सडकमा बिना कमिज घुम्नेछन् ।

१६ वर्ष पहिले लर्डसको मैदानमा भातले नेटवेस्ट सिरिज जितेपछि तत्कालीन कप्तान गांगुलीले आफ्नो कमिज खोलेर हावामा हल्लाएका थिए । गांगुलीले भने ‘म अहिल्यै ग्यारेन्टी दिन्छु । उनले (विराट) वल्र्ड कप जिते भने क्यामरा तयार राख्नु । उनको सिक्स प्याक छ र उनी कमिजबिना अक्सफोर्डको सडकमा घुमिरहेको देखिए मलाई आश्चर्य लाग्ने छैन ।’

बंगाल क्रिकेट संघका अध्यक्ष गांगुलीले भने ‘उनको पछि हार्दिक पाण्डे हुनेछन्, १२० प्रतिशत । उता कोहलीले यही विषयमा भनेका छन् ‘मलाई लाग्दैन म एक्लै हुनेछु । टिमका कैयौं खेलाडीको सिक्स प्याक छन् । हामी सबै कमिजबिना सडकमा देखिनेछौं । हार्दिक पाण्डे बुमराह लगायत ।’ यो सबै गांगुली र कोहलीले क्रिकेट इतिहासकार बोरिया मजुमदारको किताब ‘इलेभेन गड्स एण्ड अ बिलियन इण्डियन्स’को बिमोचनको अवसरमा भनेका हुन् ।

Leave A Reply

Your email address will not be published.