mero sathi tv

सलमान जेलजाँदा खुसी हुने यी अभिनेत्री रिहा हुँदा फेरि खनिइन् सलमानमाथि

बलिउड अभिनेता सलमान खानले शनिबार जेलबाट मुक्ति पाएका छन्। कालो हरिण शिकारको आरोपमा बिहीबार जेल परेका सलमान जमानतमा जेलबाट छुटेका हुन्।

सलमान जेलबाट छुटेपछि बलिउड क्षेत्र नै खुसी भएका बेला एक अभिनेत्री भने  सलमानको विरोधमा उत्रिएकी छन्। अभिनेत्री तथा बिग बोस कन्टेस्टेन्ट सोफिया हयातले सलमान जेलबाट छुटेकोमा दुखी भएको बताएकी हुन्।

सोफियाले सलमानविरुद्ध सामाजिक सञ्जालमा भारतीय नोटसहितको तस्वीर पोस्ट गर्दै लेखेकी छिन्, यीनै जरुरी कागजातको जम्मा गरेर सलमानलाई जमानत मिलेको छ। यदी सबैसँग यस्ता कागजात भए अदालत जानुको कुनै आवश्यक हुँदैन्। सलमानले यो कुराको प्रामाणित गरेका छन्, हिदुस्तानमा न्याय भन्दा ठूलो भ्रष्टाचार फैलिएको छ।

भारतीय कानुनमा विश्वास गर्नेमाथि आफ्नो सहानुभूति रहेको पनि उनले बताएकी छिन्।

बिहीबार सलमान खानलाई अदालतले सजाय सुनाएपछि सोफियाले खुसी व्यक्त गरेकी थिइन्। उनले सलमानको तस्वीर शेयर गर्दै लेखेकी थिइन्, आखिरमा तिमीलाई कर्मको फल मिलेको छ। धेरै मान्छे सलमानविरुद्ध बोल्न डराउछन्, किनकी उनीहरुलाई लाग्छ, सलमानले बलिउडलाई नै नियन्त्रणमा लिएका छन्। तर म कसैसँग पनि डराउदिन, मलाई खुसी लागेको छ जो सलमानले गरे, त्यसका लागि उनी जेल जानु पर्यो।

Leave A Reply

Your email address will not be published.