mero sathi tv

जेलबाट छुटेर घर पुग्ने बित्तिकै सलमानलाई भेट्न सबैभन्दा पहिले गइन् क्याट्रिना, क्याट्रिनालाई देखेपछि रोए सलमान

कालो हरिण मारेको आरोपमा ५ वर्ष जेल पाएका बलिउड सुपरस्टार सलमान खान शनिबार जेलबाट रिहा भएका छन् । सलमान जेलबाट रिहा भएर मुम्बई पुग्ने बित्तिकै बलिउड कलाकारहरु उनलाई भेट्न घरमा नै पुगीरहेका छन् ।

यसैबिच सलमानी पूर्व प्रेमीका तथा सहकर्मी नायिका कटरिना कैफ उनको घरमा नै पुगेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सलमान शनिबार राति सवा आठ बजे मुम्बईमा रहेको घर (ग्यालेक्सी अपार्टमेन्ट) पुगे लगत्तै बलिउड कलाकारहरुको उनको घरमा नै धुइरो लागीरहेको छ ।  त्यसको एक घण्टापछि कटरीना सलमानलाई भेट्न ग्यालेक्सी अपार्टमेन्ट पुगेको आजतकले लेखेको छ । उनीसँगै सलमानलाई भेट्न कटरिनाका अलावा डेजी शाह, मलाईका अरोडा, हुमा कुरेसी, ज्याकलिन फर्नान्डीज, बरुण धवन, बबी देवलसहितका कयौं बलिउडकर्मी सलमानलाई भेट्न पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.