mero sathi tv

प्रियंका चोपडाको अमेरिकी टिभी सो ‘क्वान्टिको’को तेस्रो सिजन सुरु, फेरी पनि गोप्य तरिकाले काम गर्दै

भारतीय अभिनेत्री प्रियंका चोपडाको अमेरिकी टिभी सो ‘क्वान्टिको’को तेस्रो सिजन चाँडै सुरु हुँदै छ । जसमा उनीनयाँ अवतारमा देखिने बताइन्छ। नयाँ सोको हालैएउटा भिडियो सार्वजनिक गरिएको छ ।

अमेरिकाकोे फेडरल ब्युरो अफ इन्भेस्टिगेसन ९एफबिआई० सँग जोडिएको कथामा बनेको क्वान्टिकोको पहिलो र दोस्रो सिजन दर्शकले मन पराएका थिए ।

जसमा प्रियंकाले अलेक्स पारिसको भूमिका निर्वाह गरेकी थिइन् । सोले उनलाई अन्तर्राष्ट्रियस्तरमै चर्चा दिलाएको थियो । त्यसकारण उनी तेस्रो सिजनको पनि हिस्सा बनेकी छिन् ।

अप्रिलभित्रै सुरु हुने सोको प्रोमोमा प्रियंका अलग–अलग अवस्थामा देखिएकी छिन् । प्रोमोमा उनलाई झगडा गरिरहेकोसमेत देखिन्छ । पहिलो दुई सिजनमा उनी २२ इपिसोडमा थिइन् ।

तर, यसपटक भने उनी १३ इपिसोडमा मात्र देखिने बताइएको छ । क्वान्टिको–३ मा प्रियंका अन्डरकभर एजेन्ट बनेकी छिन्, जो आफ्नो काम तीन वर्षदेखि गोप्य तरिकाले गरिरहेकी हुन्छिन् ।नयाँ पत्रिकाले छापेको छ

Leave A Reply

Your email address will not be published.