mero sathi tv

हिन्दु धर्म गुरु आचार्यमाथि सौच गर्न निस्किएका बेला गोली प्रहार

अज्ञात समुहको गोली प्रहारबाट हिन्दु धर्म गुरु आचार्य श्रीनिवास घाईते हुनुभएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. १४ जतुवाको रामजानकी मन्दिर नजिक बस्दै आएका आचार्यमाथि आइतबार बिहान करिब २ बजेतिर सौच गर्न निस्किएका बेला गोली प्रहार भएको हो ।

पण्डित आचार्यलाई दुई गोली हानिएकोमा एक गोली उहाँको दाँया कुमको नजिक लागेको छ । उहाँको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ । श्रीनिवासाचार्यको अवस्था चिन्ताजनक नरहेको मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो ।

जतुवामा आइतवारदेखि शुरु हुन लागेको श्रीमद् भागवत पूराण कार्यक्रममा मुख्य वाचकका लागि पंडित आचार्य रामजानकी मन्दिरमा आउनु भएको प्रहरीले जनाएको छ । उहाँको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.