mero sathi tv

बिहे गर्ने नगर्ने दोधारमा सोनम कपुर

बिहे गर्ने वा नगर्ने दोधारमा बलिउड अभिनेत्री सोनम कपुर परेकी छन् । सोनम र उनका प्रेमी आनन्द आहुजाको यसैवर्ष विवाह हुने चर्चासँगैबलिउड तातेको छ । उनीहरूको विवाह स्थल तय गरिएको र आगामी अप्रिल महिनामा विवाह हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर, आफ्नो विवाह बारे सोनमले केही आधाकारिक केही बताएकी छ्रैनन् ।
भारतको एक अनलाइनसँग कुराकानी गर्दै उनले भनिन्, ‘१० वर्षको व्यावसायिक जीवनमा मैले कहिल्यै आफ्नो व्यक्तिगत विषयका बारेमा बोलेकी छैन । मेरो फिल्म ‘वीर दी वेडिङ’ रिलिजको तयारीमा छ र त्यसपछि प्याडमेन र दत्त पनि । मसँग कुनै दोस्रो कुराका लागि समय नै कहाँ छ ।’
उनले आफ्नो बिहे बारे अस्पष्ट कुरा गर्दै हुन पनि सक्ने र नहुन पनि सक्ने जनाइन् । यसैबीच सोनम कोलकातामा एक गहना पसलमा प्रेमी आनन्दकी आमासँगै देखिएकी थिइन् । विवाहका लागि गहना खरिद गर्न उनीहरू त्यहाँ पुगेको चर्चा चलेको छ । यो जोडीको जोधपुरमा विवाह हुने खबर छ ।

Leave A Reply

Your email address will not be published.