mero sathi tv

भर्जिनियामा ‘शत्रु गते’ हेर्ने दर्शकको घुँइचो, एकैचोटि दुईवटा हलमा प्रदर्शन

भर्जिनियामा अधिकांश नेपाली चलचित्रहरु फल्स चर्चस्थित लोमन्सप्लाजाको सिनेमा हलमा प्रदर्शन गर्ने गरिन्छ। व्यापक प्रचारप्रसार गर्दा पनि यहाँ प्रदर्शन गरिएका हालसम्मका नेपाली चलचित्रहरुमा हल भरिने गरि दर्शकको उपस्थिति गराउन सकेकाहरुको सङ्ख्या एउटा हातका औंला भन्दा थोरै छन्। तर सोही ठाउँमा आज प्रदर्शन गरिएको ‘शत्रु गते’ चलचित्र हेर्न आउने दर्शकको चाप यति धेरै हुन गयो कि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो।

‘शत्रु गते’ प्रदर्शनको लागि आयोजकले करिब ४०० सिट क्षमता भएको हलको व्यवस्थापन गरेका थिए तर दर्शकको उपस्थिति हलको क्षमता भन्दा धेरै भयो। हलभित्र र बाहिर दर्शकहरुको भिड बढ्दै गयो। सामान्यतया चलचित्र शुरु हुनु अगाडि हलमा नै टिकट प्राप्त हुने ठानेर आएका दर्शकहरु टिकट सकिएको जानकारी पाएपछि निराश बनेका थिए।

रोशन पुरी, सुरेश सापकोटा तथानविन केसी र सहयोगिहरु पुस्कर पन्त, उद्ब उप्रेती तथा दिपक शर्माको संयुक्त पहलमा आयोजना गरिएको सो चलचित्र प्रदर्शनमा ‘दर्शकको अत्यधिक चापलाई व्यवस्थापन गर्न सोहि चलचत्रि घरमा तत्कालै करिब २०० सिट क्षमता भएको अर्को हलको व्यवस्थापन गरि एउटै चलचित्र घर भित्र एकै पटक दुइवटा हलमा ‘शत्रु गते’ प्रदर्शन गरि हलसम्म आइपुगेका  दर्शकलाई मनोरञ्जन दिन सकियो’ रोशन पुरीले बताए।

रोशन पुरीका अनुसार दुई वटा हलहरुको व्यवस्थागर्दा पनि अझै केहि दर्शकहरुले चलचित्र हेर्न नपाएर फर्केको जानकारी पाएको र धेरै व्यक्तिहरु चलचित्र हेर्न नै आउन नभ्याएको सुनिन आएकोले समुदायको मागअनुसार यही अप्रिल २२ आइतबारका दिन सोही हलमा दिनको दुई बजे ‘शत्रु गते’ पुनः प्रदर्शन गरिनेछ।

चलचित्र हेर्न आएका दर्शककाअनुसार यस भन्दा अघि कृष्ण धरावासीद्धारा लेखिएको ‘झोला’चलचित्र हेर्न यसै गरि दर्शकहरुको भिड लागेको थियो। तर कुनै पनि नेपाली चलचित्रलाई एकै पटक दुईवटा हलमा प्रदर्शन गर्नु परेको थिएन। दर्शकको चापलाई ध्यानमा राखेर हलसम्म आइपुगेका दर्शकहरुलाई निराश नबाउने आयोजकको प्रयासलाई दर्शकहरुले धन्यवाद समेत दिएका थिए।

मह सञ्चारको प्रस्तुती तथा कार्यकारी निर्माता किरण केसी रहेको शत्रु गतेका निर्देशक प्रदिप भट्टराई हुन भने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.