mero sathi tv

केकी अधिकारी खुलासा, अबको ५ वर्षमा विवाह गर्ने (भिडियो)

केकी अधिकारी एक नेपाली अभिनेत्री तथा, व्यवसायिक मोडेल हुन्। साथै उनी हाल मात्र फिल्म निर्माण तर्फ पनि लागेकी छिन्। उनी निर्मित पहिलो फिल्म कोहलपुर एक्सप्रेस यही आउँदो वैशाख १४ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

उनले थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली फिल्ममा काम गरिसकेकी छिन् । उनले नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् । उनले फिल्म स्वर बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन्।

यी लोकप्रिय नायिका था निर्मात्री अधिकारी हालै मात्र एउटा लोकप्रिय युट्युब कार्यक्रम ुझोला भित्र के होलाु मा देखिएकी छिन् जुन नेप टी।भि नेटवर्कबाट प्रसारण हुने गर्दछ। अधिकारीले उक्त भिडियोमा आफ्नो झोलामा भएको सामान त देखाइन् नै कार्यक्रम संचालकको आग्रहमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि गरेकी छिन् ।

उनले आफ्नै निर्माणमा बनेको फिल्म कोहलपुर एक्सप्रेसको निकै चर्चित गीत काउ गीत पनि रुँदै गाइन र प्रियङ्का कार्कीलाई आफ्नो झोलाभित्र बोकेर हिँड्न चाहन्छिन् भने झोला पनि प्रियङ्काको नै चोर्न चाहन्छिन्।

साथै अधिकारीले निमार्ण क्षेत्रमा लाग्दा आफूले निकै तनाव भोग्नु पर्ने र निमार्ण कार्य निकै कठिन कार्य रहेको पनि बताइन्। उनले यही कार्यक्रम मार्फत आफूलाई अबको पाँच वर्षभित्र विवाहित देख्नसक्ने खुलासा पनि गरिन्।

 

Leave A Reply

Your email address will not be published.